रवि लामिछाने र सन्तोष देउजालाई शुभकामनाको ओइरो,नेताको जन्मदिन गुमनाम ।

0
553

आज भाद्र २८ गते सोमबार शुक्लपक्ष, चर्चित सञ्चार कर्मी रवि लामिछाने र सन्तोष देउजाको जन्म दिन । चर्चित ब्यक्तिहरुको जन्म दिनको अवसरमा सामाजिक सञ्जालमा शुभकामनाको बाढी देख्न सकिन्छ । आम नागरिकको नजरमा राम्रो काम गरेका कारण दुवै सञ्चारकर्मीलाई देश बिदेशमा रहेका आम नागरिकले शुभकामना ब्यक्त गरिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोग कर्ताहरुको सद्भावका कारण रवि र सन्तोषले गरेका कामहरु सर्व स्विकार्य समेत हुँदै आएको छ । सञ्चारकर्मका माध्यमबाट यति धेरै नेपालीको मन जित्न सफल भएका दुवै सञ्चारकर्मीलाई हाम्रो पनि लाखौ लाख शुभकामना,आगामी दिनमा अझै जनताको मन छुने र मन जित्ने काम गर्नुहोला भन्न चाहन्छौ ।

सञ्चारकर्मका २ हस्तीहरुले गरेका केही होइनन् मात्रै पिडीतका पिडा सार्वजनिक गरेका हुन् घाउमा मह्लम लगाउने प्रयास गरेका हुन् त्यसैकारण उनिहरुलाई आम नागरिकले यति धेरै माया र सद्भाव दिंदै गर्दा राजनितीका हस्तीहरुको जन्म दिन भने सामाजिक सञ्जालमा गुमनाम जस्तै बन्ने गरेको छ आखिर किन त ? जनताको भोटबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बनेकाहरु सामाजिक सञ्जालमा जनताको माया पाउनबाट किन बञ्चित भैरहेका छन् त ? यस्को एउटै कारण हो उनिहरुले जनतालाई चित्त बुझ्ने गरी काम गर्न सकेका छैनन् ।