MCC मुर्दा वाद भन्दै सडकमा उत्रिए विप्लव,राजधानीमा देखाए शक्ति ।

0
1722

अघिल्लो सरकारले आ तं क कारी घोषण गरे पछि २ बर्ष भन्दा धेरै समय भुमिगत रहेका विप्लव नेर्तत्वको नेकपाले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । हजारौको संख्यामा आफ्ना कार्यकर्ता लिएर जुलुसको नेतृत्व गर्दै विप्लव खुल्ला मञ्च प्रवेश गरेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।

माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् । सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् । अन्य २२ दलिय मोर्चसँगको सहकार्यमा विप्लव नेतैत्वको नेकपा पनि आजबाट सडकमा उत्रिएको हो । विप्लवको आजको सम्बोधन र उनका गतिबिधिलाई राज्य र आम नागरिकले चासोका साथ हेरिरहेका छन् ।