नेपालका लागि नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष डा सुरेन्द्र भण्डारीले सत्तामा बस्नेहरु एमसीसी पास गर्न लागि परेको भन्दै उनले देश प्यारो की अमेरिका प्यारो भन्दै देउवालाई प्रश्न गरे । देश नै नरहे कुन पार्टीबाट राजनिती गर्छौ भन्दै पार्टी भन्दा माथि उठेर देश जोगाउन भण्डारीले अपिल गरे ।
जनमतको खिलाफमा गएर एमसीसी पास गरे जनताको शक्तिले लखट्ने उनको भनाई थियो । जस्ले मुलुक निर्माण गर्यो उनै माथि अपमान हुने काम देउवा नेर्तत्वको सरकारले गरेको उनको आरोप थियो । मुलुको अस्तित्व जोगाउन सम्पुर्ण शक्ति एक हुन जरुरी रहेको बताउँदै राष्ट्रियताको सम्बन्धमा ओली र देउवा एउटै किक्तामा उभिएको बताए । प्रतिपक्षमा हुँदा ओम्नी र यति ग्रुपले गरेको भ्रष्ट्राचारीलाई कारबाही गर्छु भन्ने देउवा अहिले किन खुट्टा कमाईरहेका छन् भन्दै देउवालाई प्रश्न गरे ।
एनसेलबाट उठाउनु पर्ने १ सय अर्व रुपैयारु उठाउन नसक्ने अनि विकास गर्न अमेरिकाले ५९ अर्व दिनु पर्ने उनको प्रश्न थियो । आफुहरु अहिलेको सिस्टमको बिरोधी भएको बताउँदै भण्डारीले यहि ब्यबस्थाबाट नागरिकको शासन असम्भव भएको बताउँदै जनता उठेको दिन यि बिदेशीका दलालको पत्तासाफ हुने भण्डारीको भनाई थियो । एमसीसी पास गर्नेहरु देश द्रोही हुन् अब घोषणा गर्न मात्रै बाँकी रहेको उनको भनाई थियो । बाक्लो पानी परिरहेको बेलामा पनि नेताहरुको भाषण सुन्न हजारौ समर्थकहरु खुल्ला मञ्चमा उपस्थित भएका थिए ।