राष्ट्रपतिको ह त्या मा प्रधानमन्त्री नै संलग्न

0
967

हाइटीका प्रधानमन्त्री एरियल हेनरी राष्ट्रपति जोभेनेल मोइसेको हत्याको मामिलामा मुछिएका छन् । यो घटनाबारे अनुसन्धानको लागि उनलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । अभियोजक पक्षले हेनरीमाथि आरोप लगाउनुपर्ने माग गरेको छ । साथै उनीहरुले हेनरीले मोइसेको हत्याका मुख्य संदिग्ध जोसेफ फेलिक्ससँगको सम्बन्धबारे पनि स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

अभियोजन पक्षका अनुसार रेकर्डले राष्ट्रपतिको हत्या भएको केही घण्टामा नै उनीहरुले एकअर्कालाई फोन गरेका थिए । राष्ट्रपति जोभेनेल मोइसेको गत जुलाई ७ मा आफ्नै घरमा आक्रमणकारीले छिरेर आक्रमण गरेका थिए । राष्ट्रपतिको हत्या गर्ने आक्रमणकारी ‘विदेशी र अंग्रेजी तथा स्पेनिस भाषामा कुरा गरिरहेको’ बताइएको छ । अहिलेसम्म प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा ४४ जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार राष्ट्रपतिको शरीरमा १२ गोली लागेको थियो । उनले टाउको, कन्चट, पेट र ढाडमा उक्त गोली लागेको पाइएको थियो । उनको हत्या भएसँगै अहिले हाइटीमा राजनीतिक संकट देखिएको छ । गत महिना हाइटीको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पको कारण जनजीवन थप अस्तव्यस्त बनेको छ ।