फोटो फिचर सहित ( अपडेट )
अशोक तिवारी बिरगञ्ज भाद्र १५
सोमबार दिउँसो ४ बजे देखिको निषेधआज्ञाका बिच बिरगञ्जको स्थिती तनावग्रस्त बनेको छ ।
मृत्यु हुनेहरुमा र्धाराज सिंह,सोहन शाह कलवार,विश्वनाथ शाह,चतुरी तिवारी रहेका छन् । घाईते मध्ये अमेरीलाल यादवको अबस्था अत्यन्तै गम्भिर भएकाले हेलिकप्टर मार्फत काठमाण्डौ पठाउने तयार गरिएको छ । घाईतेहरु मध्ये ६ जनाको अबस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकार केशवराज घिमिरेले बिरगञ्ज क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषण गरेका छन् ।
राधेमाइ चोकमा प्रहरीको गोली लागेर तीस वर्षीय धर्मराज सिंहको मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको थियो ।
गोली लागेर घाइते भएका देवराज सिंहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । देवराजको घाँटीमा गोली लागेको छ
आन्दोलनकारलिे निषेधाज्ञा तोड्दै प्रदर्शन जारी राखेपछि प्रहरीले बिरगञ्जका बिभिन्न स्थानमा गोली चलाएको छ । बिरगञ्ज उपक्षेत्रिय अस्पलात परिसरभित्र हल्ला भएको भन्दै शसस्त्र प्रहरीले गोली चलाँउदा अस्पतालको सुरक्र्षाथ खटिएका प्रहरी हवल्दार सहित २ जना घाईते भएका छन् ।
आन्दोलनकारीले सुरक्षाघेरा तोड्दै प्रदर्शनलाई तिब्र बनाएपछि प्रहरीले बिरगञ्जका बिभिन्न स्थानमा गोली चलाएको छ ।
गोली चलेको स्थान र घाईते भएकाहरुको बिबरण ः
गण्डकमा प्रहरीकोगोली लागि शिव पटेल र संजिव पटेल घाईते भएका छन् ।
घण्टाघरमा २ जना
रानीघाटमा १ जना
नारायणी उप क्षेत्रिय अस्पतालमा ३ जना रहेकाछन् । घाईते हुनेमा प्रहरी जवान नागेन्द्र चौधरी र स्वास्थ्यकर्मी बिनोद मेहता रहेका छन भने बिरामी कुरुवा महिलाको परिचय खुल्न सकेको छैन ।
नगवामा २ जान १ जनाको अबस्था चिन्ताजनक
माईस्थान पछाडि गहवामा १ जना ७ बर्षीय बालिकालार्ई गोली लागेको छ ।
बिरगञ्ज उपमहानगरपालिका १० स्थित नगवा चोकमा गाँऊ गाँऊबाट आएका आन्दोलनकारीहरुले ढोलपासा बजाउँदै निषेधआज्ञा तोडेपछि प्रहरीहरु चैकी छाडी भागेकाछन् । नगवा प्रहरी चौकी आन्दोलनकारलिे कब्जा गरेका छन् ।
यस्तै आन्दोलनकारीहरुले श्री रामहल चोकमा रहेको गीरिजा प्रसाद कोईरालाको शालिक पनि तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले भिसुवा र बन्जारेका प्रहर िचौकीमा गाजनी समेत गरेका छन् ।
समाचार संकलनका लागि खटिने संचारकर्मीहरु दोहोरो मारमा परेका छन् । सुरक्षकर्मी र आन्दोलनकारी दुबै पक्षको निसानामा समाचार संकलनगर्न चुनौती भएकाले सत्य तथ्य समाचार सार्बजनिक गर्न समस्या भएको छ ।