होटल मेरियोटबाट प क्राउ परेका उन्नत लोकतन्त्र पार्टीका नेताहरुको सान्दार रिहाई

0
1159

एमसीसी उपाध्यक्ष फातिमा जेड सुमारलाई ज्ञापनपत्र बुझाउन उनि बसेको होटल मेरियोटम भित्र पसेका उन्नत लोकतन्त्र पार्टीका महासचिव नेतृत्वको टिम हिरासतबाट छुटेको छ । २४ गते राती अमेरिकी राष्ट्रपति जो वाईडेनलाई ज्ञापन पत्र बुझाउन होटलको २ वटा रुम बुक गरी ८ जना उन्नत लोकतन्त्र पार्टीका नेता कार्यकर्ता मेरियोट होटल पसेका थिए ।

उनिहरुले होटल ब्यबस्थापनको माध्यमबाट सुमारलाई भेटी ज्ञापन पत्र बुझाउने तयारी गरेका थिए । तर होटल ब्यबस्थापनले सहयोग नगरे पछि फेसबुक लाईभ गरी आफुहरु ज्ञापनपत्र बुझाउन होटल पसेको जानकारी दिएको थिए । त्यसको करिव २ घण्टा पछि सादा पोशाकका प्रहरी कोठाकोठामै पसेर आफुहरुलाई गिरफ्तार गरिएको सो पार्टीका महासचिव कृष्ण प्रसाईले रिहाइ भए पछि जानकारी दिनु भयो । आफुहरुलाई होटलको लिफ्ट मार्फट अन्डर ग्राउण्डमा झारी प्रहरीको फरक फरक गाडीमा राखी फरक फरक प्रहरी चौकीमा लगी आतंकित पार्ने काम भएको उहाँको भनाई थियो ।

त्यस क्रममा मुखमा हात घुसारेर मानव अधिकारको गम्भिर उल्लंघन गरेको प्रसाईको भनाई छ । मालिगाउँ स्थित प्रहरी हिरासतमा रहेका ८ जना नेताहरुलाई प्रति ब्यक्ति एक हजारको दरले धरौटी लिएर जिल्ला प्रशासन कार्यलय काठमाण्डौले रिहाई गरेको हो । पक्राउ परेकाहरु विरुद्ध अभद्र ब्यबहारको मुद्धा चलाइएको थियो । आफ्ना पार्टीका नेताहरु रिहाई भए पछि स्वागत गर्दै पार्टी अध्यक्ष स्वागत नेपालले होट मेरियोटले अन्तराष्ट्रिय नियमको उल्लंघन गरेको भन्दै होटल एशोसिएशनले कारबाही नगरे आफुहरुले होटल नै ध्वस्त पार्ने घोषणा गरे । उक्त कार्यक्रमको भिडियो नेपाल पुकारको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नु हुनेछ ।