ज्ञानेन्द्र शाहीको खुलासा,जनताको वलि दानबाट बनेको संबिधान ५९ अर्वमा बेचिदैछ ।

0
1987

भ्रट्राचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले १७ हजार मान्छेको बलिदानबाट बनेको संबिधान ५९ अर्बमा बेच्न मिल्छ ? भन्दै एमसीसीका समर्थकहरुलाई प्रश्न गरेका छन् । राजधानीको टोखा नगरपालिका कार्यालय अगाडी स्थानियले राखेको एमसीसी बारे खुल्ला बहस कार्यक्रममा बोल्दै शाहीले नेपालको संबिधानभन्दा माथि हुने कुनै पनि सहयोग वा अनुदान नेपाललाई नचाहिने बताएका छन् ।

आफुहरुले यसो भनिरहँदा जनताका प्रतिनिधीहरु किन बोल्दैनन् भन्दै उनले प्रश्न गरे यदि तपाईहरु सच्चा देशभक्त नेपाली हो भने आ आफ्नो निर्वाचन क्षेत्रमा गएर जनतालाई बुझाउन चुनौती दिए । कुनै पनि देश भिख मागेर धनी हुन सक्दैन भन्दै शाहीले अमेरिका आफ्नो स्वार्थ बोकेर नेपाल आउन लागेको तर्क गर्दै स्वार्थ सहितको सहयोग नलिन नेताहरुलाई आग्रह गरे । उनले एमाले महासचिव ईश्वर पोखरेललाई आफ्नै निर्वाचन क्षेत्र टोखामा आएर आम नागरिकको बिचमा एमसीसी ठिक छ भनेर पुष्टि गर्न पनि चुनौती दिए । प्रचण्ड प्रधानमन्त्री भएको समयबाट सुरु भएको एमसीसी सम्झौता आजको दिनमा आईपुग्दा प्रचण्ड नै एमसीसी पास गर्न दिन्न भन्ने पक्षमा उभिनु नागरिकको पहिलो जित भएको उनको भनाई थियो । शुक्रावार टोखा नगरपालिका कार्यालय अगाडी भएको बिरोध सभामा अभियन्ता शाही र अन्य सहभागीले राखेको भनाई भिडियोमा हेर्न सक्नुहुनेछ ।