हिमानी शाह शान्तीधामपुग्दा घन्कीयो राजतन्त्रको नारा ।

0
1088

हिमानी ट्रष्टको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ट्रष्टका अध्यक्ष तथा पुर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको बृहत शान्ती धाम केन्द्रमा रहेको बद्रि नारायणको मन्दिर परिषरमा बृक्षारोपण गरिएको हो ।

सामाजिक काम गर्ने ट्रष्टको उद्धेश्य बमोजिम प्रकृति बचाउने उद्धेश्यले बृक्षारोपण गरिएको ट्रष्टले जनाएको छ । सो अवसरमा हिमानी शाहले शान्ती धाममा रहेको बद्रि नारायणको मन्दिर दर्शन गर्नुका साथै मन्दीरका प्रमुख स्वामी चतुर्भुजाचार्य चुडामणी महाराज ज्युबाट टिका तथा प्रसाद ग्रहण गर्नु भएको थियो । पुर्व युवराज्ञी हिमानी शाहको शान्ती धाम भ्रमणका क्रममा बालाजु देखि शाही युवा शक्ति नेपालका कार्यकर्ताहरुले मोटरसाईलबाट स्कर्टिङ गरेर मन्दिर सम्म पुर्याएका थिए । त्यसक्रममा हिमानी सरकारको जय जय कार गर्नुका साथै राजतन्त्र जिन्दाबादका नारा समेत लागेका थिए ।