बुटवलका मेयरलाई मुक्का हान्ने युवाको ज्ञानेन्द्र शाहीले गरे प्रशंसा ।

0
2609

महामारीमा होस वा पहिरोमा पिडित हुँदा पनि नागरिक लाई सहयोग नगर्ने स्थानीय सरकार प्रमुख प्रति नागरिकको आ क्रोश दिन प्रतिदिन बढदै छ अब छोटेराजाहरुले मोज मस्ती छोडेर जनताको काम गर्न आबश्यक छ छोटेराजालाई तहलगाउने काम कालिकोट ,दोलखा हुँदै बुट्वल पुगेको छ अब पनि आम जनतालाई दुस्ख दियौ भने

यो आ गो यो देश भरी सल्किने छ र राज्यलाई खतरा हुनेछ त्यसैले समयमै जतनाको सामस्याको सामधान गर्ने उचित हुन्छ आक्र मण गर्नु आफैमा उचित होईन तर पनि नागरिकले कतै बाटो नदेखेपछी आ क्रो स पोखिरहेका छन । बुटवलका पहिरो पीडित माथी कुनै प्रशासनले अत्याचार गर्यो भने जनता बाट प्रति कार हुनेछ ।

नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मु क्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाईएको छ। सोमबार बिहान बुटवल ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा झरेको पहिरो निरीक्षणका लागि गएका नगरप्रमुख सुवेदीमाथि स्थानीय एक युवाले मु क्का प्र हार गरेका थिए। ति युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्रहरीले बताएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन्। उनले झण्डै एक महिनादेखि पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीसामू बताएका छन्। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले भने बाहिर चर्चामा आएजस्तो पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएका छन्। गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।