माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। नेकपा एकिकृत समाजवादी पार्टीको सचिवमा युवा तथा चर्चित नेतृ रामकुमारी झाँक्री चयन भएकी छिन् । राजधानीमा बसेको केन्द्रिय समिती बैठकले पदाधिकारीको चयन गरेको हो ।
संसद बिघटन विरुद्धको सडक आन्दोलनबाट चर्चाको शिखरमा पुगेकी झाँक्रीलाई मन्त्री बनाउने चर्चा चलिरहेका बेला पार्टीको सचिवको रुपमा पाउँदा उनका समर्थकहरुमा खुसियाली छाएको छ । एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो। एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। पार्टीले चार जना उपाध्यक्ष बनाएको छ।
राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्। हामीले नाम टुंगो लगएका छौुं, महासचिव चयन भएका भुसालले भने केन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी गरिरहेका छौं।