एमसीसी पास गर्न नदिने नेकपा समाजवादीको निर्णय ।

0
489

नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ । केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ ।

यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ । जनस्तरमा एमसीसी सम्झौताको ब्यापक बिरोध भैरहेका बेला माधव नेपाल नेतृत्वको नव गठिन समाजवादी पार्टिले गरेको निर्णयले आम नागरिकलाई उत्साहित बनाएको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। नेकपा एकिकृत समाजवादी पार्टीको सचिवमा युवा तथा चर्चित नेतृ रामकुमारी झाँक्री चयन भएकी छिन् । राजधानीमा बसेको केन्द्रिय समिती बैठकले पदाधिकारीको चयन गरेको हो ।

संसद बिघटन विरुद्धको सडक आन्दोलनबाट चर्चाको शिखरमा पुगेकी झाँक्रीलाई मन्त्री बनाउने चर्चा चलिरहेका बेला पार्टीको सचिवको रुपमा पाउँदा उनका समर्थकहरुमा खुसियाली छाएको छ । एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो। एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। पार्टीले चार जना उपाध्यक्ष बनाएको छ।

राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्। हामीले नाम टुंगो लगएका छौुं, महासचिव चयन भएका भुसालले भने केन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी गरिरहेका छौं।