मान्छे धेरै बुद्धिमान भयो भने प्रचण्ड जस्तो हुन्छ : केपी ओली ।

0
213

नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले मान्छे धेरै बुद्धिमान र चतुर भयो भने प्रचण्ड जस्तै हुने बताएका छन् । नेकपा एमालेको उपत्यका प्रदेश स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री बन्नकै लागि पाटी भित्र रडाको मच्चाएका प्रचण्ड अहिले कुन अवस्थामा छन् भन्दै उनले धेरै बाठो हुँदा बल्ड्याङ खानु पर्छ भन्ने उखान स्मरण गर्न आग्रह गरे ।

उनले आफुले सरकार बनेको एक महिना नहुँदै संसदको रोष्टमबाट देउवाको पछि लागेका बिरोलोहरुलाई भाग दिन आग्रह गरेको तर आज ७५ दिन बितिसक्दा पनि मन्त्रालयमा भागबण्डा नमिलेको बताउँदै लोभी पापीहरुकै कारण देश अनिर्णयको बन्दी भएको बताएका छन् । ओलीले माधव नेपालको नेकपा एकिकृत समाजवादी पार्टी कसरी एकिकृत भयो भन्दै ब्यंग्य गरे । एमालेबाट चोइटिएको सानो टुक्रो कसरी एकिकृत भयो भन्दा दर्शकदिर्घाबाट हुटिङको बर्षा चलेको थियो ।

माधव नेपालले पार्टी अध्यक्ष भएको घोषणा गर्दा नगदमा चाहिने भनेको स्मरण गर्दै नगदमै ७ जना उपाध्यक्ष राखेको र अन्य पदका लागि मान्छे नै नभएको बताए । उनले पदाधिकारी पार्टी भन्दै ब्यंग्य गरे । पाँच दलिय गठबन्धनलाई पञ्चहरुको संज्ञा दिंदै आफुहरु मिल्न नसक्ने अनि एमालेसँग प्रतिस्पर्धा गर्न खोज्ने भन्दै प्रति प्रश्न गरे । आफुहरुसँग मन्त्री पद त्यागेका,सांसद पद त्यागेका नेताहरु भएको र नेपाल सँग मन्त्री बन्न चाहने लोभी पापीको झुण्ड मात्रै भएको आरोप लगाए । कार्यक्रममा ओलीले राखेको सुन्न मज्जा आउने भिडियो नेपाल पुकारको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।