पाटनबाट ज्ञानेन्द्र शाहीले गरे नेतालाई जुत्ताले हान्ने घोषणा ।

0
1672

अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसी पास गर्ने नेतालाई जुत्ताको माला र कालोमोसो दल्ने बताएका छन् । संसदमा २७५ जना सांसदले देश र जनताको पक्षमा बहस गर्न नसक्ने हो भने ५ पार्टीका ५ जना सांसद भए भैगोनी भन्दै भत्ता पचाउनका लागि यति धेरै सांसद किन चाहियो भनी प्रश्न गरे ।

शरिरमा एक थोपा रगत बगे सम्म एमसीसी बिरुद्ध लड्ने उद्धघोष गरे । आफ्नो एमसीसी बिरुद्धको बिरोध कार्यक्रम बिथोल्न माथिको आदेश आएको भए पनि आफुहरुलाई साथ दिन प्रहरीलाई आग्रह गरे । अहिले अफ्गानिस्तानको सेनाले अमेरिकी सेनाको बुट पालिस गर्छ भोली नेपाली सुरक्षार्कीको पनि सोही हालत हुन्छ भन्दै सुरक्षाकर्मीलाई सम्झाए । मुलुक बचाउने हो भने सारा नेपाली सडकमा आउनु पर्ने बताए । उनले ७७ पृष्ठ लामो सम्झौता आफ्नो निर्वाचन क्षेत्रमा आएर पढेर सुनाउन सांसदहरुलाई चेतावनी दिए ।

गर्विलो इतिहाँस बोकेको नेपाललाई जोगाउने की बेच्न दिने भन्दै नागरिकलाई प्रश्न गरेका थिए । बिरोध सभामा सहभागी भएकाहरुले देश बेच्न दिन्न भन्दै ज्ञानेन्द्रलाई साथ दिएका थिए । एमसीसी ठिकछ भन्ने कोही पनि मान्छे आफुसँग खुल्ला बहस गर्न आउन चुनौती दिए । महाकाली बेच्यौ,कोशी बेच्यौ,टनकपुर बेच्यौ अब एमसीसी पास गरेर अमेरिकाको गुलाम बन्न नदिने बताए । अंग्रेजलाई घुँडा टेकाएको स्मरण गर्दै नेपालीहरु अमेरिकाको दास बन्न नसक्ने उनको धारण थियो । प्रहरीले आफ्नो कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रहरी प्रमुखलाई आफ्ना सिपाहीलाई ठाउँमा राख्न आग्रह गरे । पाटनको मंगल बजारमा आयोजित विरोध सभामा ज्ञानेन्द्र शाहीले राखेको आक्रोशीत भाषण नेपाल पुकारको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।