नारायणहिटी दरवार संग्रहालयले श्रीपेच चोरी भएको भन्ने समाचारको खण्डन गरेको छ । संग्रहालयका प्रवक्ता बुद्धि बहादुर गुरुङले नेपाल पुकार डटकमसँगको कुराकानीमा श्रीपेच चोर्न प्रयास सम्म नभएको बताएका छन् ।
रुकुम घर भएका खेम बहादुर घर्ती नाम गरेका अन्दाजी २५ बर्षका युवाले सोकेसमा राखेको खुकुरी झिक्न खोज्दा नेपाली सेनाले नियन्त्रणमा लिएको बताएका छन् । घर्तीले बुलेट प्रुफ सिसा नै फुटाएको भन्ने समाचारमा सत्यता नभएको र अनलाईहरुमा आएका समाचारले संग्रहालय ब्यबस्थापनलाई आतंकीत बनाउने काम गरेको भन्दै सम्बन्धीत निकायसँग पुष्टि गरेर मात्र समाचार प्रकासन प्रशारण गर्न आग्रह गरेका छन् ।
टिकट काटेर प्रहरीको चेक जाँच पछि दरवार परिसर पसेका युवाले श्रीेपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच झिक्न खोजेको संग्रहालयका एक कर्मचारीले बताएका छन् । बिगतमा २ पटक संग्रहालयको भ्रमण गरि सकेका घर्तीले हाँसी हाँसी श्रीपेच लगाएर राजा बन्न दरवार पसेको बताएको ति कर्मचारीले बताए । उनको हाउ भाउ हेर्दा मानसिक समस्या भएको अनुमान गर्न सकिने उनको भनाई थियो । संग्रहालयमा शुक्रवार दिउसो भएको श्रीपेच चोरीको प्रयास सम्बन्धी सम्पुर्ण जानकारी नेपाल पुकारको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।