नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । आज बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । नेपालका अस्पताल र स्वास्थ्य चौकीहरुमा सिटामोल,जिंक चक्की र झा डा पखालाको औ षधि अभाव भैरहेका बेला पुर्व अर्थमन्त्री पुनको थाईल्याण्ड भ्रमणलाई नागरिकले चासोका साथ हेरेको छन् ।
जनताको छोरा देशको कार्यकारी पदमा भएका बेला नेतलाई मस्ती जनतालाई सास्ती भैरहनुले यो ब्यबस्था माथि नै नागरिकले निगरानी गरिरहेका छन् । केही समय अघि मात्रै पुर्व प्रधानमन्त्री झलनाथ खनाल भारतमा उपचार गराएर स्वदेश फर्किएका थिए । नेतालाई सामान्य रोग लागे पनि बिकसीत देश गएर उपचार गराँछन् तर जनता सामान्य स्वास्थ्य समस्या हुँदा पनि औषधि पाउँदैनन् यही हो त गणत्न्त्र ? आम नागरिकका मनमा यो ब्यबस्था नै ठिक होइन की भन्ने भान हुन थालेको छ ।
नेताको यस्तै सोच र ब्यबहार अब आम नागरिकले धेरै समय स्विकार्नेवाला छैनन् । बर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ पनि जानु भएको छ । ’नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ । उनी जण्डिस बिग्रिएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।