हिमानी शाहको अपिल देश जोगाउनेकी नजोगाउने ? यसरी मनाईन् जन्मदिन ।( भिडियो सहित )

0
851

पुर्व युवराज्ञी हिमानी शाहले देश संकटमा परेका बेला जोगाउने दायित्व नागरिकको भएको बताएकी छिन् । आफ्नो जन्म दिनको अवसरमा हिमानी ट्रष्टमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै शाहले हरेक परिवर्तनमा जनताको मुख्य भुमिका हुने बताउँदै देशको निर्णयक शक्ति नै नागरिक भएको बताएकी छिन् ।

परिवर्तनका लागि समय आइसकेको संकेत गर्दै शाहले देश जोगिए मात्र नागरिक जोगिने बताउँदै नागरिकको मल जलका लागि देश हुनु पर्ने भनाई थियो । उनले सिधै राजसंस्थाको प्रसंग नजोडे पनि सांकेतिक तवरले राजसंस्था फर्काउने अभियानमा तयारी अवस्थामा बस्न अपिल गरेकी छिन् । कोभिड महामारिका कारण आत्तिएका नागरिकलाई खोप लगााउने अधिकारबाट बञ्चित गर्न नहुने उनको भनाई थियो । रोग भोक र सोकमा परेका नागरिरकको सेवा गर्न ट्रष्टको दायित्व भएको स्मरण गराउँदै शाहले ट्रष्टको अभियान निरन्तर जारी रहने बताईन् ।

सामाजिक सेवा गर्ने उद्धेश्यले खोलिएको हिमानी ट्रष्टले बिगत ११ बर्ष देखि समस्यामा परेका समुदायलाई आवश्यकता अनुसारको सहयोग हस्तान्तरण गर्दै आएको छ । कोषले ७७ वटै जिल्लामा शाहको जन्म दिनको अवसरमा नवलपरासीका वाढी पिडीत ५ सय घर परिवारलाई खाद्यान्न हस्तान्तरण गर्नुका साथै देश भरका ३७४ घर परिवारलाई राहत हस्तान्तरण गरेको थियो । चितवनका चेपाङ समुदायलाई खाना वितरण गरेको पनि जानकारी दिइएको थियो । कोषले कोभिडको समयमा बिभिन्न सरकारी अस्पताललाई भेन्टीलेटर समेत हस्तान्तरण गरेको थियो । देशभरका समस्यामा परेका बालबालीका तथा कुपोषण नहुन नदिनका लागि पौष्टिक आहार वितरण गरेको जानकारी दिइएको थियो । मानविय समस्या समाधानमा निरन्तर लागिरहने कोषले जनाएको छ । हिमानी शाहको सम्बोधन भिडियोमा हेर्न सक्नुहुनेछ ।