प्रहरीका आईजिपी शैलेश थापा किन आउँदैछन् सडकमा ?

0
646

६६ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री आफै सडकमा उत्रिएर मास्क वितरण गर्ने भएका छन् । ट्राफिक प्रहरीले बिगत देखि नै जारी राखेको तपाईको मास्क खै ? अभियानलाई निरन्तरता दिने उदेश्यले यो कार्यक्रम राखिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आज दिउँसो ३ बजे राजधानीका ६ मुख्य स्थानमा एकै पटक प्रहरीका आईजिपी र एआईजीहरु आफै उपस्थित भएर मास्क वितरण गर्ने कार्यक्रम तय भएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ । घोषित कार्यक्रम अनुसार गौशाला चोकमा आईजिपी थापाको उपस्थिती हुनेछ भने कलंकीमा एआईजी विश्वराज पोखरेलको उपस्थितीमा कार्यक्रम हुनेछ ।

बालाजुको माछापोखरीमा एआईजी निरज बहादुर शाहीको नेर्तत्वमा मास्क वितरण कार्यक्रम हुने छ भने सुन्धारामा एआईजी हरि बहादुर पालको नेतृत्वमा कार्यक्रम हुनेछ । सातदोबाटोमा प्रधुम्न कार्कीको नेर्तत्वमा तपाईको मास्क खैं ? कार्यक्रम अन्तरगत मास्क वितरण गरिने छ । त्यसैगरि कोटेश्वरमा एआईजी सशकुल बहादुर थापाको नेतृत्वमा कार्यक्रम सम्पन्न हुनेछ ।