प्रधान्याधिषको प्रष्टिकरण मन्त्रीमा कोटा मागेको कुरा झुटो हो ।

0
420

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कोटा मागेको कुरा पूर्णतया झुटो रहेको बताएका छन् । सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा उनले यस्ता हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।

प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेका थिए ।छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएको सर्वोच्च बारका एक पदाधिकारीले बताए ।