हेलम्बुका बाढी पिडीतलाई पुर्व सुरक्षाकर्मी परिषद् द्धारा राहत हस्तान्तरण ।

0
982

दशै नजिकिदै गर्दा हेलम्बुका बाढी पिडीतको अवस्था नाजुक भएको खवर आए पछि पुर्व सुरक्षाकर्मी परिषद्को टोली राहत स्वरुप प्रति घर रु दश हजार रुपैया हस्तान्तरण गर्न चनौटे बजार पुग्यो । हाल सुरक्षा निकायमा कार्यरत भएका देखि भारतीय सुरक्षाकर्मी लगायत सुरक्षासँग सम्बन्धीत सबैलाई समेटेर परिषद्ले सहयोग प्रदान गरेको परिषद्का अध्यक्ष के वी राउतले जानकारी दिनु भयो । देशको सुरक्षार्थ खटिएका राष्ट्रसेवकहरुलाई सहयोग गर्न परिषद् पछि नपर्ने रावतको धारणा थियो ।

गत असार १ गते राती सिन्धुपाल्चोकको मेलम्ची खोलामा विनासकारी बाढी आयो । बाढीमा परेर १५ जनाको ज्यान गएको सरकारी आँकडाले देखाएकोछ हेलम्बु गाउँपालिका कार्यालयका अनुसार, बाढीमा परेर चार जना महिला र ११ जना पुरुषको ज्यान गएको छ। त्यस्तै, बाढीले बगाउँदा २३ जना आज सम्म पनि सम्पर्कविहीन भएका छन्। जसमा दुई वर्षीय बालकदेखि ९० वर्षीय वृद्धसम्म छन्। दुई वर्षीय बालक ३५ वर्षीया आमासँगै सम्पर्कविहीन छन्।

मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना मजदूर पनि बेपत्ता नै छन्। हेलम्बु–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा पहिरो जाँदा मेलम्चीमा बाढी आएको गाउँपालिकाले जनाएको छ। १ असारमा आएको बाढीले हेलम्बुसँगै मेलम्ची नगरपालिकामा पनि क्षति पुर्‍याएको छ। मेलम्ची बजार क्षेत्र पुरिएको छ। सतर्कता अपनाउँदा मेलम्चीमा भने मानवीय क्षति हुनबाट जोगिएको छ। हेलम्बु गाउँपालिका–१ स्थित भ्रेमाथाङ चौरबाट जमिनै सोहोरेर खसेको बाढीले मेलम्ची खोलाको तटीय क्षेत्रमा क्षति थप बढेको हो। हेलम्बु गाउँपालिकाको चनौटे, ग्याल्थुम, मेलम्ची नगरको तालामाराङ र मेलम्ची बजारमा बाढीले कटान गरेको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले दिएको जानकारी अनुसार ४५ वटा पक्की र ६३ वटा कच्ची घर बाढीबाट बगेको थियो । उनका अनुसार चारवटा घर पानीको बहावले छोपिएका छन् । दुईवटा पक्की पुल पनि खोलाले पुरिएका छन् । ‘अहिलेसम्म १०८ जना विस्थापित भएका छन्,’ पोखरेलले भने, ‘२२ वटा घर जोखिममा छन् । नेपाली काँग्रेस हेलम्बु गाउँपालिका वडा नम्बर ६ का वडा सभापति बोध बिक्रम पण्डितले बिगतमा राहत वितरण गरे पनि दशैको समयमा भने कतैबाट पनि राहत नआएको उनि बताउँछन् ।