MCC बिरुद्ध शक्ति शाली प्रद र्शन,राष्ट्रवादी केन्द्रले देखायो शक्ति ।

0
688

राजधानीमा राष्ट्रवादी केन्द्रले शक्तिशाली प्रदर्शन गरेको छ । राजधानीको भृकुटिमण्डपबाट सुरु भएको र्याली भद्रकाली सहिदगेट न्युरोड गेट हुँदै बसन्तपुर पुगेर सभामा परिणत भएको थियो । नारा जुलुसका क्रममा राष्ट्रवादी केन्द्रका समर्थकहरुले सडक पुरै कब्जा गरेका थिए ।

बसन्तपुरमा भएको सभामा बोल्दै केन्द्रका अध्यक्ष चन्द्र बहादुर थापा सागरले आफुहरुलाई माओबादीबाट परिचालीत भन्ने बिरोधीको जिब्रो थुत्ने घोषणा गरे । उनले राजसंस्था सहितको हिन्दु राष्ट्र आफुहरुको एकमात्र एजेण्डा भएको बताउँदै देश सिध्याउन चौतर्फी षड्यन्त्र भैरहेको भन्दै जनता नजागे विदेशीका दलालले देश कंगाल बनाउने उद्धघोष गरे । राजधानीको भृकुटिमण्डपबाट सुरु भएको र्याली र वसन्तपुरमा भएको सभाको फोटो फिचर यहाँ प्रस्तुत गरका छौ । उक्त कार्यक्रमको भिडियो यहाँ हेर्न सकिन्छ ।