प्रचण्डलाई महेश बस्नेतको ठाडो धम्की,धेरै वकवक नगर मुख सम्हाल नत्र पागल खाना हाल्छौ ।

0
484

नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले प्रचण्डलाई पागल खाना वा गोलघर कोच्ने बताएका छन् । उनले अब बन्ने ओलीको सरकारले १७ हजार नेपालीको हत्या गर्ने प्रचण्डलाई लगनखेलको पागल खाना वा ओलीले १४ बर्ष बिताएको गोलघर पुर्याउने बताएका हुन् ।

युवा संघ भक्तपुरले शनिवार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै भक्तपुर आएर महेश बस्नेतलाई लखट्ने कुरा गरेको बताउँदै ७४ सालको निर्वाचनमा जमानत जफत भएको सम्झाउँदै मुख सम्हाल्न चेतावनी दिए । प्रचण्ड र उनका सुण्ड मुसुन्डहरुले मुख नसम्हाले द्धन्द्धकालमा लखटेको स्मरण गराउँदै अहिले युग फेरिएको बताए ।

भक्तपुरका साँढेलाई मनहरा फाँटमा लखटेझै लखट्न नपरोस भन्दै माओवादीलाई चेतावनी दिए । बस्नेतले आफुहरु लोकतन्त्रमा विश्वास गर्ने भएकाले मात्रै प्रचण्डको पार्टी भक्तपुरमा रहेको बताउँदै आजको दिनमा माओबादी खोज्न दिउँसै बत्ति बाल्नु पर्ने अवस्था आएको बताए । काभ्रे र सिन्धुलीमा माओवादी लखटेको स्मरण गराउँदै ५ दलिय मोर्चासँग एक्लै चुनाव लड्न तयार रहको उनको दावी थियो ।

केही समय अघि माओवादी युवा नेता जनक बर्तौलाले महेश बस्नेतलाई मृत्यु पत्रमा हस्ताक्षर गरेर मात्रै माओबादी अध्यक्ष प्रचण्डको बिरोध गर्न भने पछि बस्नेतले बर्तौलालाई बानेश्वरको फिष्टे धेरै बोले उचित ब्यबस्था गरिने चेतावनी दिए । पछिल्ला दिनमा महेश बस्नेत र प्रचण्ड बिच वाक युद्ध चल्दै आएको छ । शनिवार भक्तपुरको घलातेमा भएको कार्यक्रममा महेश बस्नेतले दिएको आज सम्मकै आक्रामक भाषण नेपाल पुकारको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।