पिडीतको कुरा सुन्न ज्ञानेन्द्र शाही माईतिघर पुग्दा अबरोधको प्रयास,पिडीतले सुनाए आफ्ना पिडा ।

0
1152

नेपालगञ्जबाट २० दिन पैदल हिंडेर न्याय माग्न राजधानी आएका बाँकेका महिलाहरुलाई भेट्न माईतिघर पुगेका अभियन्ता ज्ञानेन्द्र शाहीमाथी अबरोधको प्रयास गरिएको छ । बृहत नागरिक आन्दोलनका अभियन्ताहरुले पिडीतहरुसँग नभेट्न भने पछि केही बेर भनाभन भएको थियो ।

बृहत नागरिक आन्दोलनका अभियन्ताहरुले युट्युव बोकेर हिंड्ने भन्दै धर्नामा बसेका पिडीतहरुको फोटो भिडियो नखिच्न भनेका थिए । ज्ञानेन्द्र शाहीले हामी नेपाली नागरीक हौ पिडीतहरुले बोलाए पछि उहाँहरुको वास्तविकता बुझ्न आएका हौ तपाईहरु कुन पार्टीको कार्यकर्ता हो भन्दै प्रति प्रश्न गरे पछि नारायण वाग्ले खगेन्द्र संग्रौला नेतृत्वको बृहत नागरिक आन्दोलनका अगुवाहरु पछि हटेका थिए ।

बाँकेमा भएको निर्मला कुर्मीको संकास्पद मृत्युको घटनामा दोशीलाई उन्मुक्ति दिएको भन्दै न्याय माग्न १२ जना महिला र ३ जना पुुरुष पैदल यात्राबाट राजधानी आएका थिए । उनिहरुको अवस्था बुझ्न र धर्नामा ऐक्यबद्धता जनाउन हाम्रो नेपाल हामी नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही शनिवार माईतिघर मण्डला पुगेका थिए ।

ज्ञानेन्द्र शाहीले देखे पछि धर्नामा बसेका पिडीतहरु खुसि हुँदै आफ्ना दुख र घटनाको वास्तविकता सुनाउन थाले । आफुहरुले पटक पटक जिल्ला प्रशासन कार्यलयमा अनुरोध गर्दा पनि सुनुवाई नभएको बताउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसएसपीलाई कारबाहीको माग गर्दै उनिहरु राजधानी आएका हुन् ।

त्यस क्रममा धर्नामा बसेका द्धन्द्ध पिडीत सरोकार समाजका प्रतिनिधीहरुसँग पनि छलफल गरेका थिए । त्यस क्रममा द्धन्द्ध कालमा काभ्रेकी मैना सुनुवार माथि भएको बलात्कार र हत्याको घटनाका दोशीहरु माथि कुनै कारबाही नभएको भन्दै मैनाकी आमाले गुनासो गर्नु भएको थियो ।