राजनितीको मैदानमा उत्रिए रमेश खरेल,भ्रष्ट नेतालाई थर्काउँदै नागरिकलाई गरे अपिल ।

0
763

नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेल सकृय राजनितीमा प्रवेश गरेका छन् । देशलाई शुसाशनमा लैजान ५ बर्षको समय काफी हुने उनको दावी छ । आफुहरुले ५ बर्षमा देश परिवर्तन हुने कुरा ब्यबहारमा लागु गरेर देखाउने बताएका छन् ।

आईतवार राजधानीको शान्ती वाटिकामा आयोजित खुल्ला पत्रकार सम्मेलनमा बोल्दै खरेलले आम नागरिकलाई शुसाशन पार्टीको घोषणा गर्दै सिंहदरबार देखि स्थानिय तह सम्म भ्रष्ट्राचार मौलाएको बताउँदै जनताले बिमारी पर्दा औषधि नपाउने नेतालाई मोज मस्ती गर्न मिल्ने भन्दै आफ्नो पार्टीलाई उपयुक्त सुझाव दिन अपिल गरे ।

संबैधानिक निकाय देखि प्रसाशनिक क्षेत्रमा गलत मान्छेको बिगबिगी रहेको, राजनितीक ब्यबसायमा लागेकाहरुलाई उनले नेपाल आमाको रगत खाएको आरोप लगाउँदै भावी पुस्ता माथि अन्याय गरिरहेको बताए । नेपालबादबाट मात्रै देश सुशासनमा जान सक्ने उनको भनाई थियो ।

प्रहरीको चुस्तामा कमिसन खाने माफियाहरुले बर्दीधारीलाई लज्जित बनाएको बताए । बिदेशीसँग मागेको पैसाले देश बिकास हुन नसक्ने बताउँदै नेताहरुको मनपरि हेरेर नबस्न आग्रह गरे । अहिले गुण्डा,माफिया र अपराधी एक भएको बताउँदै तिनीहरुलाई बिस्थापित गर्न राम्रा मान्छेहरु एक हुन अपिल गरे । भ्रष्ट नेता कै कारण बिश्वस्तरमा तल्लो तहको ब्यबहार गर्ने र बिदेशीले शंकाको दृष्टिले हेर्ने वाताबरण बनाएको भन्दै आफ्नो अनुभव सेयर गरे । शान्तीवाटिकामा आयोजित पत्रकार सम्मेलनमा खरेलले दिएको अभिब्यक्ति नेपाल पुकारको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।