ओली प्रचण्डसँग चुनाव लड्ने रमेश खरेलको घोषणा ।

0
216

नेपाल शुसाशन पार्टीका संयोजक पुर्व डिआईजी रमेश खरेलले आगामी निर्वाचनमा देशका ५ नामुद भ्रष्ट्राचारीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । आफु चितवन,झापा,डडेलधुरा वा काभ्रे मध्ये कुनै पनि एक ठाउँबाट निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे ।

नेपाल पुकार डट कमसँगको कुराकानीमा खरेलले निर्वाचनकै माध्यमबाट अनैतिकहरुको पतन गर्ने समेत बताएका छन् । उनले हालको दल भित्र ९५ प्रतिशत अपराधीहरु भएको बताएका छन् । नराम्रा मान्छेहरुको एकतालाई राम्रा मान्छेको एकताले सजिलै परास्त गर्न सकिने उनको दावी छ ।

प्रस्तावित पार्टी पुर्ण लोकतान्त्रीक हुने बताउँदै खरेलले लोकतान्त्रीक मुल्य मान्यतालाई मुलमन्त्र मानेर नै दल खोल्ने निर्णय भएको जानकारी दिए । परम्परागत दलबाट देशको सार्वभौमसत्ता सुरक्षित हुन नसक्ने तर्क गर्दै जनताले परिपक्क विकल्प खोजेको समयमा आफुहरु जनतामाझ उभिएको उनको भनाई थियो ।

सिंहदरवार र वालुवाटार गुण्डा,दलाल र माफियाको घेराबन्दीमा भएको भन्दै यि भ्रष्ट नेताहरुलाई बिस्थापित नगरे सम्म जालो तोड्न नसकनिे बताए । उनले प्रचण्डले गरेको भ्रष्ट्राचारको छानविन गरी कारबाही गरिने बताए । उनले देशको आमुल परिवर्तनका लागि नागरिकको मुख्य भुमिका हुने बताउँदै जनतालाई धोका नदिने वाचा गरे ।