हिन्दुहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप !

0
899

भदौ १५ काठमाण्डौ , हिन्दु राष्ट्रको माग गर्दै राजधानिको बानेश्वरमा भएको बिरोध प्रदर्शनमा प्रहरुीले दर्जनौ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का, राप्रपा नेपाल,मुक्तिनाथका पिठाधिश कमलनयनाचार्य र सन्त बाबाहरुले चारैतिरबाट संविधानसभा घेराउ गरेका थिए।

om

कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्कासहितको टोली तीन कुनेतर्फबाट प्रदर्शन गर्दै बानेश्वर आएको थियो। खड्काको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले प्रहरीले सुरक्षा घेरा तोड्दै अघि बढेपछि झडप भएको हो ।

हिन्दुवादीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरी अश्रुग्यास र पानीको फोहोरा हानेको छ । आन्दोलनका क्रममा ढुंगामुढा समेत प्रहार भएको छ ।

सनातन हिन्दु राष्ट्र माग गर्दै राप्रपा नेपालले माइतीघरबाट प्रदर्शन गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जम्मा भएका राप्रपा नेपालका कार्यकर्ता जुलुससहित आएर प्रदर्शन गरेका हुन् ।
झडपमा परि केहि आनदोलन कारी घाईते भए पनि यकिन बिबरण आएको छैन ।