चर्चित हास्य ब्यंग्य क्षेत्रका कलाकार मनोज गजुरेलले मामाघरको भाइै विवेकलाई श्रद्धाञ्जली दिंदै भावुक स्टाटस लेखेका छन् । आफ्नो बाल्यकाल मामाघरमा बितेको स्मरण गर्दै मामा माईजुको खुसि २२ बर्षको कलिलो उमेरका भाई विवेकको निधनले स्तब्ध भएका गजुरेलले यसरी आफ्नो भावना स्टाटस मार्फत ब्यक्त गरेका छन् । गजुरेलले सोसल मिडियामा लेखेको स्टाटस जस्ताको तस्तै हामीले तल प्रकाशीत गरेका छौ ।
प्यारो भाइ विवेक
तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व आत्माको अनन्तयात्रा मङ्गलमय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो
तिमी हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एउटा ईमानदार, भद्र र परिश्रमी युवा पनि थियौ । उहिले जीवन मरणको लडाइँ लडिरहनु भएका मामाले तिमी जन्मिएको खबर सुनेर लामो श्वास फेर्दै भन्नू भएको अझै याद छ ५ वटी छोरीपछि जन्मिएको यही छोरो हुर्किएर आमालाई पाल्छ, अब म मरेपनि चिन्ता छैन ।
नभन्दै सानैदेखि संघर्ष गर्यौ । माईजुको बाँच्ने साहारा भयौ । पाँच दिदिहरुको एक्लो माईती बन्यौ । आफन्तको आशलाग्दो सदस्य रह्यौ। हाम्रो हँसिलो, प्यारो र मनपर्ने मावली भाइ थियौ । ।।।तर, २२ बर्षको कलिलो उमेरमै शरीर छोड्यौ, हामीलाई अत्यन्तै पीडा छोडेर गयौ भाइ
माइजू कुन मनोदशाबाट गुज्रिरहनु भएको होला, दिदीहरुलाई के बितिरहेको होला मामा सानिमाहरु दुस्खको कत्रो पोखरीमा डुबेका होलान् हामी अत्यन्तै मर्माहत भएका छौँ कान्छा,
हाम्रा बुबा बितेपछि आमाले हामीलाई मावली गाउँमा गुँड सार्नुभयो । एक प्रकारले भनौं, मावलीघरमा शरण पायौं ।
बुबा नभएपनि बाल्यकालमा मामाहरुबाट एकप्रकारको अभिभावकत्व पायौं । त्यसमापनि माईलामामाको सरल र सहयोगीपनले आमालाई ७ वटा बचेरा च्यापेर माईतीमा बस्न सहज बनायो । तिमी त्यो व्यक्तीको वीज हौ जोसँग हाम्रो मामाभान्जा भन्दा गहिरो प्रेम, अग्लो नाता र बलियो सम्बन्ध थियो
मामा बितेपनि आमाले तिमीलाई माईलो भाइ मान्नुहुन्थ्यो । माईजुले आमालाई अभिभावक ठान्नुहुन्थ्यो । हामी तिमीमा हाम्रा ती माईला मामाको स्वभाव देख्थ्यौँ जो सोझो, परिश्रमी र प्रेमील हुनुहुन्थ्यो ।
रमितेको लेकमा गोठ बस्दा होस् वा मल्लिंडेको बेँशीमा खेत जोत्दा होस्, झिलझिलेुमा अधियाँ कमाउदा होस् वा दमकमा बनिबुतो गर्दा होस्( हाम्रा माईलामामाले हाम्री आमालाई यति सहयोग गर्नुभयो कि सायद आमाले कहिल्यै एक्लो महसुस गर्नु भएन । अनि हामीले पनि
हाम्री आमा अर्थात् ुठुल्दिदीु र तिम्रा बुबा अर्थात् माईलो भाइको प्रेमपुर्ण सम्बन्ध कमै दिदीभाइको हुन्छ होला त्यस्तो प्यारो भाइको एकमात्र छोरो, तिमी यस संसारमा छैनौ भन्दा तिम्री ठुली फूपूु अत्यन्तै मर्माहत हुनुहुन्छ हाम्रा सबैभन्दा प्यारा माईलामामाुको पुत्राधिकारी सकियो भन्ने सुन्दा हामी भाव विह्वल भएका छौँ बाबू ।
मृत्यु शाश्वत सत्य हो तर यति चाँडो हुनुहुन्थेन, विस्मात यसैमा छ ६ सन्तानको भारी बोकेर दुःखका विकट पहाडबाट छिचोल्दै माइजू बल्ल सुखको श्वास फेर्न खोज्दै हुनुहुन्थ्यो तर तिम्रो देहान्तले उहाँको यात्रामा फेरि डरलाग्दो भीरको उकालो बाटो आईपुगेको छ ।
माइजू, ५ दिदिहरु, तिम्रा मावली र हामीलाई तिम्रो अभावले सताई रहनेछ । हार्दिक श्रद्धाञ्जली विवेक सायद अहिले तिम्रो आत्मा माईलामामाले गोठ पालेर आधा जिन्दगी बिताएको गुराँसे र रमितेको पातलतिर विचरण गर्दै होला झिलझिले, काठमाण्डौ, सप्तरीतिर फन्को मार्दै होला पुत्रवियोगमा छटपटिएकी आमाको वरीपरी घुम्दै होला ।
भातृवियोग रोईरहेका दिदी भिनाजुको छेउछाउ तरङ्गित हुँदै होला । माईजु, दिदी भिनाजु र हाम्रो याद छोडेर आफ्नो मुलमा जाउ विवेक अब दिदी भिनाजुले आमाको सेवा गर्नेछन् । हामी लगायतका आफन्तले सहयोग गर्नेछौँ । तिमीले अब यो भौतिक जगतको चिन्ता गर्नु पर्दैन । तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व (आत्मा)को अनन्तयात्रा मङ्गलमय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ