साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । माल्दिभ्समा भएको साफ फुटवलमा उपबिजेता बनेको नेपाली टोलीको विमानस्थलमा सरकारी स्तरबाटै स्वागत सम्मान गरिएको थियो ।
सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे ।
साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए । माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसँग ३ः० ले पराजित भए पछि नेपाल उपविजेतामा सिमित भएको थियो।