बाढी पहिरोका कारण ५८ जनाको निधन,३ देखि ५ लाख राहत दिने सरकारको निर्णय ।

0
532

बेमौसमी बर्षाका कारण आएको बाढीपहिरोमा परि देशभर मृत्यु हुनेको संख्या ५८ पुगेको छ । अविरल वर्षापछि बाढीपहिरोले देशका अधिकांश स्थानमा क्षति पुर्याएको हो । बिशेष गरी पुर्व र सुदुरपश्चिमका बिभिन्न स्थानमा बाढी आएको छ ।

सबैभन्दा बढी क्षेत्री प्रदेश नं १ र सुदूरपश्चिममा पुर्याएको छ । प्रदेश नं १ मा ३० र सुदूरपश्चिम प्रदेशमा २० जनाको मृत्यु भएको छ । अहिलेसम्म २६ जना वेपत्ता छन् । सबैभन्दा बढी सदूरपश्चिम प्रदेशमा २३ जना वेपत्ता छन् । तराईका जिल्लाहरुमा धानबालीमा ठूलो क्षति पुगेको छ । पाकेको बालीमा क्षति पुग्दा अरबौंको नोक्शान भएको छ । यसले देशको अर्थतन्त्रमा ठूलो असर पर्ने निश्चित भएको छ । सरकारले बाढीपीडितबाट प्रभावितलाई राहत घोषणा गरेको छ । मृतकका परिवार र घरबारविहिनलाई घर बनाउन राहत घोषणा गरेको हो ।

आज बसेको मन्त्रिपरिषदको बैठकले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदानको घोषणा गरेको हो । घर भत्केकाहरुलाई बनाउनका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । घर निर्माणका लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।