कोरीयन भाषा परिक्षा पास गरेर पनि कोरीया जान नपाएका युवाहरुलाई सरकारले आजबाट कोरीया पठाउन सुरु गरेको छ । नेपाल र कोरीया बिच भएको श्रम सम्झौता बमोजिम नेपाली युवाहरु सिप मुलक कामका लागि ४ बर्ष १० महिनाको भिषा बोकेर ४८ जना युवाहरु आज कोरिया प्रस्थान गरेका छन् ।
अन्तराष्ट्रिय बिमानस्थलमा बैदेसिक रोजगार बिभागका महानिर्देशकको टोलीले ४८ जना कामदारलाई खादा र रातो क्पाय प्रदान गरेर विदाई गरेका थिए । कोरिया जानु अघि केही कामदरले सरकारको अकर्मन्यताका देशमा चाहेर पनि बस्न नपाएको भन्दै राजनितीक नेतृत्वको आलोचना गरे ।
हामी ५ बर्ष पछि फर्केर आउँदा काम गर्ने वाताबरण बनाईदिन र आफुहरुले पठाएको पैसाको सहि सदुपयोग गर्न सुझाव दिए । नेपालमा रोजागरी पाए पनि उचित पारिश्रमीक नपाइने भएका कारण युवाहरु बिदेशीनुको विकल्प नभएको उनिहरुको भनाई छ ।
नेपाल भित्रै आत्मनिरभर हुने ब्यबस्था मिलाई अन्य युवालाई विदेश जानबाट रोक्न सरकारले कदम चाल्नु पर्ने उनिहरुको भनाई छ । आफुहरु रहरले नभई बाध्यताले कोरयिा जानु परेको सुनाउँदै अनावश्यक राजनितीले देशको अर्थतन्त्र कम्जोर भएको बताए । सरकारले सिवदाई गरेर कोरीया जान लागेका युवाहरुसँग बिमानस्थलमा गरिएको कुराकानीको भिडियो नेपाल पुकारको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।