ज्ञानेन्द्र शाहीको खुलासा,करमा रझाई गर्ने न्यायधिष र टाउके वकिलले अदालत सिध्याए ।

0
420

हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले सर्बोच्च अदालतलाई बन्दी बनाउने वारका पदाधिकारी र केही वरिष्ठ भनिने वकिलहरुको बिरोध गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी शाहीले आम नागरिकको न्याय पाउने हक बिरुद्ध लाग्ने वकिल न्यायधिष सबैको हिसाव गरिने बताएका छन् । बर्षौ पछि बल्ल आएको पालोमा पनि सुनुवाई हुन नदिनेहरु गद्धार र दलाल हुन भन्दै शाहीले समय आए पछि सबैको कठालोा समात्ने दावी गरे ।

करौडौमा दलालको पक्षमा मुद्धा लड्ने टाउके वकिलहरुको सम्पत्ति छानविनि गर्ने समेत उनको भनाई थियो । तत्काल अदालतमा भएको आन्दोलन बन्द गरी न्यायिक बाटोबाट प्रधानन्याधिषको मुद्धा उठाउन शाहीले सुझाव दिए ।

उनले नेताहरु मुछिएका कुनै पनि मुछा अदालतबाट फैसला नभएको भन्दै यो अदालत नेताहरुलाई जोगाउन माात्रै तल्लिन भएको आरोप लगाए । अदालत भित्र बिदेशी सहयोगमा कुर्सी टेलव भित्र्याउने अधिकार कसले दियो भन्दै शाहीले त्यसको पनि छानविन हुने बताए । नेपाल बार एशोसिएसनमा केही दिन अघि भएको कुटाकुटको घटनालाई लिएर उनले नेपाल रेष्टुरेन्ट एण्ड वार एशोसिएसन राख्न र मदिरा पनि बेच्न सुझाव दिए । यो देशमा न्या हराएको बताउँदै शाहीले अब जनता हेरेर बस्न नसक्ने बताउँदै अदालत भित्रको समस्या चाँडै समाधान गर्न चेतावनी समेत दिए । अन्यथा जनतालाई सडकमा बोलाएर संघर्षमा होमिने उनको भनाई थियो ।