नेपालमा ब्यापक विरोध भैरेहको एमसीसी सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने अन्तिम निर्णय नेपालको हातमा रहेको एमसीसीले जनाएको छ ।
एमसीसीले एक वक्तव्य जारी गर्दै नेपाल भ्रमणका क्रममा आफ्ना उपाध्यक्ष फातिमा जेड सुमारले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिबद्धता जनाएको बताएको स्पष्ट पारेको छ ।
तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट वञ्चित भएको भन्दै एमसीसीले भनेको छ, ‘एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत र सुरक्षित सडकको सुविधालाई जोखिममा पारेको छ ।
’राष्ट्रियताको नारा लगाउने केही दल र अभियन्ताले यसको विरोध गर्दै आएका छन् भने अधिकाँश ठुला दलका नेताहरु एमसीसी जसरी पनि पास गर्नु पर्छ भन्ने पक्षमा उभिएका छन्। प्रधानमन्त्री शेर बहादुर देउवाले केही दिन अघि मात्रै एमसीसी संसदबाट चाँडै पास हुने बताएका थिए ।
देउवा हाल बेलायतको भ्रमणमा रहेका छन् । उनको स्वदेश आगमन सँगै एमसीसीको मुद्धा पेचिलो बन्ने अनुमान गरिएको छ । एमसीसीले अघि भनेको छ, ‘सम्झौतालाई अघि बढाउने–नबढाउने निर्णय अब नेपालको हातमा छ ।’