भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका ८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
जुवाडेहरुलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका(२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा केही राजनीतिक दलसम्वद्ध युवाहरु र केही पत्रकारसमेत रहेका छन् । प्रहरीले पत्रकारको पहिचान भने सार्वजनिक गरेको छैन । यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । ति नेता को हुन र कुन पार्टीका हुन् भन्ने प्रहरीले सार्वजनिक गरेको छैन । यसकारण प्रहरी र नेतालाई प्रहरीले बिशेष माया गरेको पुष्टि हुन्छ ।