दाङमा आ तंक श्रीमानले गरे श्रीमतीको ह त्या, धारि लो हति यार प्रहार हुँदा युवाको ज्यान गयो ।

0
653

दाङमा श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृ त्यु भएको छ । गढवा गाउँपालिका ६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्र हार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटना स्थलमै मृ त्यु भएको हो ।

घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँ टीमा हिर्का उंदा सुनिताको घटना स्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक सुनिता दानबहादुरकी कान्छी श्रीमती हुन् । घटनापछि दानबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि दाङ उपमहानगरपालिका ४ नयााबस्तिमा धा रिलो हतियारले हानेर एक युवकको ह त्या भएको छ । युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा २१ वर्षीय टोपबहादुर पुनमगरको मृ त्यु भएको हो ।

कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउँपालिका ४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते भएका छन् । दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते मगरलाई उपचारका लागि आज बिहान तीन बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृ त घोषणा गरेका थिए ।

घाइते डाँगीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको एसपी काफ्लेले बताए । पुन र डाँगीमाथि पुरानो रिसिइबीका कारण तुलसीपुर ४ का २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताए । आरोपित सबै फरार रहेको र उनीहरूको खोजी भइरहको उनले बताए ।