ज्ञानेन्द्र शाहीलाई कार्यालय घुमाए पछि ललितपुर एसएसपीको काज सरुवा ।

0
5169

ललितपुर प्रहरी परिषर प्रमुख किरण बज्राचार्यको काज सरुवा हुनमा अभियन्ता ज्ञानेन्द्र शाहीलाई कार्यालयको आधुनिक प्रविधिको बिषयमा जानकारी गराउनु मुख्य कारण बन्यो ।

केही दिन अघि मात्रै एसएसपी बज्राचार्यले शाहीलाई कार्यालयमा बोलाएर सामाजिक सुरक्षाका लागि नेपाल प्रहरीले चालेको कदम र पछिल्लो समय प्रविधिको प्रयोगमा भएको सुधारका बिषयमा कार्यालय घुमाएकी थिईन् ।

सो भिडियो नेपाल पुकारको युट्युव च्यानलबाट सार्वजनिक भए पछि प्रहरीको कामको आम नागरिकले प्रसंसा गरेका थिए । त्यस लगत्तै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबाट ज्ञानेन्द्र शाहीलाई किन प्रहरी कार्यालय घुमाएको भन्दै एसएसपीमाथि केरकार गरिएको स्रोतले बतायो ।

यति सम्म की उद्घाटन हुन बाँकी रहेको सिसि टिभी सिस्टमको अवलोकन गृहमन्त्रीले गर्ने की एउटा अभियन्ताले गर्ने ? भन्ने सम्मको सोधपुछ भएको स्रोतको दावी छ । ललितपुर प्रहरीले सडक सुरक्षाका लागि सिसिटिभीको माध्यमबाट सबै किसिमका सडक सुरक्षाको काम गर्ने तयारी पुरा गरेको छ ।

भिडियो सामाजिक सञ्जानलमा सार्वजनिक भए लगत्तै एसएसपी बज्राचार्यलाई प्रहरी प्रधानकार्यालय काजमा सारिएको छ । आखिर एसएसपीको सरुवा नै गर्नु पर्ने के थियो त भिडियोमा ? यो लिंक मार्फत पुरा भिडियो हेर्न सक्नुहुनेछ ।