राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल श्रीलंका बन्ने बाटोमा अगाडी बढेको बताएका छन् । चितवनमा आयोजित आम सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुन्यको अवस्थामा झर्न लागेको भन्दै काँग्रेस एमाले माओवादीका कारण देश टाट पल्टिन लागेको बताएका छन् ।
लिङदेनले अब पनि काँग्रेस एमाले र माओवादीलाई नै भोट हाल्नु भनेको आफ्नो मात्रै होइन आगामी पुस्ताको समेत भविष्य बर्बाद पार्नु हो भनेका छन् । उनले साँढेको टाँङमुनि बाल्टी थापेर दुध आउँछ भन्नु र पुरानै दलले देश बनाउँछ भन्नु उस्तै भएको बताए ।
३२ बर्ष शासन गरेका दलले जनताले महसुष गर्न सक्ने के काम गरे भन्दै प्रश्न गरे । भएका उद्योग धन्दा बन्द गरेर युवालाई खाडी जान बाध्य बनाएको भन्दै अब राप्रपाले मात्रै देश बनाउने दावी गरे । चितवनको पारष बसपार्कमा भएको आम सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्नु भएको सम्बोधन नेपाल पुकारको युट्युव च्यानलमा हेर्न सक्नु हुनेछ ।