राप्रपा वरिष्ठ नेता डा.लोहनीले गरे नेपालगञ्ज घटनाको बिरोध, राजा विरेन्द्रको सालिक तत्काल स्थापना गर्न माग ।

0
2023

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुर्व मन्त्री डा प्रकाश चन्द्र लोहनीले नेपालगञ्ज घटनाको भत्सर्ना गर्नु भएकोछ । सामाजिक सञ्जाल मार्फत डा लोहनीले राजा विरेन्द्रको पुरानै सालिक कायम गर्न गएकाहरु माथि राज्यले गरेको दमन निन्दनिय भएको बताउनु भएको छ ।

जुन सुकै पक्षबाट भएको भए पनि उत्श्रृङखल घटना निन्दनीय भएको बताउँदै उहाँले राजा विरेन्द्रको सालिक स्थापना गर्ने काममा बन्दुक देखाएर अवरोध श्रृजना गरे जनताले आफ्नै बलले स्थापना गरी छाड्ने उहाँको भनाई छ ।

डा लोहनीले सहिद सेतु बि क को सालिक तोडफोड भएको घटना उत्श्रृङखलताको पराकाष्ठा भएको उहाँको टिप्पणी छ । जुनसुकै पक्षबाट तोडफोड भएको भए पनि घटनाको छानविन गरी सालिक तत्काल मर्मत गर्न उहाँले अपिल गर्नु भएको छ । राज्यको बलमा भत्काईएको विरेन्द्रको सालिक अविलम्ब स्थापना गर्न उहाँले माग गर्नु भएको छ । राजा विरेन्द्रको सालिक स्थापना गर्ने कार्यमा सम्बन्धी पक्षले सहयोग नगरे जनताले देशैभरी सालिक स्थापना हुने डा लोहनीको भनाई छ ।