सरकारलाई पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्न प्रधानकाे चेतावनी

0
343

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाका नेता देवेन्द्र प्रधानले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छन् ।

सरकारले हिँजो डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेपछि सञ्चारकर्मी संग कुराकानी गर्दै नेता प्रधानले सरकारलाई आन्दोलनको चेतावनी दिएका हुन् ।

‘मूल्यवृद्धि तत्काल फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न पनि राप्रपा तयार रहेको र यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने प्रष्ट गर्न चाहान्छु,’ केन्द्रिय सदस्य प्रधानले भने ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले स्वतः सबै क्षेत्रमा मूल्यवृद्धि हुने र आम जनताले यसलाई धान्न नसक्ने अवस्था आउनुअघि पेट्रोलियम पदार्थमा लगाइएको मूल्यवृद्धि फिर्ता लिन उनले सरकारसँग माग गरेको छन् ।

सरकारले जनतालाई दुख तथा महङ्गीकाे मुल्यांकननै नगर अाफ्नाे चुनाव लक्षित दुनाे साेझाे गर्नका लागि मात्र हावा र हचुवाकाे भरमा मुल्य वृद्धि गरेकाे अाराेप लगाए ।