बागलुङ प्रहरीकाे ठुलो सफलता  पहाडी जिल्लामा पहिलाे पटक भारिमात्रामा  लागुऔषध सहित चार पक्राउ

0
134

बागलुङ प्रहरीले भारीमात्रामा  लागुऔषध सहित चार जनालाई  पक्राउ  गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सुचनाकाे आधारमा बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा चेकजाँचकाे क्रममा भारी मात्रामा प्रतिबन्धित लागुऔषध सहित चार जनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रमुख एसपी दया निधि ज्ञवालीका अनुसार बुटवलबाट बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नं. को बसमा लागू औषधको ओसारपसार भएको भन्ने विशेष सुराकिको आधारमा लागुऔषध सहित चार जनालाई पक्राउ गरिएकाे पुष्टि गरे ।लागूऔषध सहित पक्राउ पर्नेमा जिल्ला पाल्पा साविक मदनपोखरा गा.वि.स. वडा नम्बर ७ स्थायि वतनका बर्ष ४५ का कृष्ण प्रसाद पुरी र जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थायि वस्ने बर्ष ३८ को सुरथ बहादुर घिमिरे , जिल्ला रुपन्देहि देवदह नगरपालिका वडा नम्बर. ६ स्थायी वतनका बर्ष ३३ लोक बहादुर थापा र जिल्ला दाङ लमहि नगरपालिका वडा नम्बर ७ स्थायि वतनका बर्ष २५ को शोसन चौधरी छन् ।

एसपी ज्ञवालीले भने,” बसको यात्रु आवतजावत गर्ने गल्लीमा रहेको कम्ब्याट रङको पछाडी भिर्ने झोलामा कागज र खैरो रङको प्लाष्टिक टेपले बेरिरहेको अवस्थामा फेनार्गन ९०५ एम्पुल, डाईजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल गरी एकमुष्ट २७४६ एम्पुल लागू औषध फेला परेको थियाे ।”

पक्राउ परेका चार जनालाई बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक २० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।