पेट्रोलियम पदार्थको मूल्य घट्यो

0
806

भाद्र १५, – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा साढे २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २–२ रुपैयाँ घटाएको प्रवक्ता दीपक बरालले जानकारी दिए ।oil

मूल्य घटेसँगै पेट्रोल १०४ तथा मट्टितेल र डिजेल ८२–८२ रुपैयाँ कायम भएको छ । ग्यासमा पनि ३५ रुपैयाँ घटाएर १४ सय बनाइएको छ ।

बरालले आईओसीले पनि मंगलबार नै नयाँ मूल्य सूची पठाएको जानकारी दिए ।

प्रवक्ता बरालका अनुसार मूल्य घटाए पनि निगमले १५ दिनमा ८७ करोड रुपैयाँ नाफा कमाइरहेको छ ।