राजधनीमा डंगोको संक्रमण फैलिए सँगै रगतको अभाव देखिएको छ । लामखुट्टेको टोकाईबाट फैलिएको डंगोका बिरामीले रगतको अभावमा उपचारमा कठिनाई भएको बताएका छन् ।
नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष केदार प्रसाद न्यौपानेका अनुसार मौसमि रुघा खोकी ज्वरो तथा कोरोना संक्रमणका बिरामीका अतिरिक्त डेंगोका बिरामीले उपचारका लागि रगतको अभाव भएकाछ । उनले यो अभावको समयमा रक्तदानको कार्यक्रमलाई तिब्रता दिन सबै संघ संस्था तथा महानुभावहरुलाई आब्हान गरेका छन् ।
रक्तदान नै जिनव दान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटिले अभियान चलाउँदै आएको भए पनि हरेक बर्ष जसो रगतको अभाव हुँदै आएको छ । स्वस्थ मानिसले बिरामी माजिसलाई बचाउनु नै मानव धर्म भएको बताउँदै न्यौपानेले यो संकटको घडीमा रक्तदान गरेर मानव सेवा गर्न सबैमा अपिल गरेका छन् ।