संसारभर छरिएर रहेका नेपालीहरुको छाता संगठन एन आर एन ए को ११ औ महाधिवेशनमा अध्यक्षका प्रत्यासी हुन आर के शर्मा । उनि बिगत १८ बर्ष देखि गैरआवासीय नेपाली अभियानमा सकृय रहँदै आएका छन् । सन् १९९९ मा पढ्ने र रोजगारी गर्ने सिलसिलामा नयाँ दिल्ली पुगेका शर्मा कामको शिलसिलामा सन २००३ मा कतारको राजधानी दोहा पुगेका थिए । अर्कै प्रयोजनका लागि दोहा पुगेका शर्माले एउटा निर्माण कम्पनीमा अकाउन्टेन्ट पदमा जागिर सुरु गरे । सन २००४ मा सोही कम्पनीमा लगानी गरेर उनि उद्यमी बने ।
सन २००४ बाट सुरु भएको शर्माको उद्यमसिलताको यात्रा विस्तारै फैलदै हाल अमेरिका सम्म पुग्यो । शर्माको कम्पनिले सन् २०२२ मा सम्पन्न बिश्वकप फुटवल खेल भएको रंगशाला निर्माण गर्ने अवसर पायो । हाल उनले बिश्वभरका हजारौ कामदारलाई रोजगारी समेत दिईरहेका छन् ।
सन् २००५ मा उनि गैरआवासिय नेपाली संघमा आवद्ध भए । गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारबाट सुरु भएको उनको यात्रा,आई सि सि सदस्य,मध्यपुर्व सञ्योजक हुँदै आई सि सि सचिव र हाल आई सि सि का अपाध्यक्ष रहेका छन् । यति लामो यात्रा र बिभिन्न पदमा बसेर काम गरेको अनुभवले अब शर्मा आई सि सि को नेतृत्व गर्न योग्य र सक्षम बनेका छन् ।
लामो अनुभव र सम्बन्धका कारण यतिबेला संसारभरका एन आर एन ए का सदस्यहरुको पृय बनेका शर्माले यहि अक्टोबर १७ देखि २० तारिक सम्म राजधानी काठमाण्डौमा हुने महाधिबेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता समेत गराई सकेका छन् । उनले केही दिन अघि मात्रै पत्रकार सम्मेलन गरी आफ्नो प्यानल नै घोषणा गरेका थिए । शर्माले आगामी २ बर्षको कार्यकालमा २४ महिना २४ बाचा भनेर आफ्नो बाचा पत्र नै सार्वजनिक गरेका छन् । मध्यपुर्वले आज सम्म संघको नेतृत्व गर्न पाएको छैन । यदि शर्माले मौका पाउने हो भने बाचा पत्रमा उल्लेख गरेका २४ बाचा पुरा गरेर देखाउने मात्रै छैनन् संघमा भित्रिएको फोहोरी राजनितीको संधैका लागि अन्त्य समेत गरि दिनेछन् ।
शर्माको उम्मेदवारीलाई बर्तमान सत्ता गठबन्धनको पुर्ण समर्थन रहेको छ भने सम्पुर्ण राजनितीक दलका शिर्ष नेताले सहयोग गर्ने बचन दिएका छन् । यति मात्रै नभएर आई सि सि का पुर्व अध्यक्षहरुको पनि समर्थन पाएका शर्मा यतिबेला गैरआवासिय नेपालीको अभियान स्वदेशमा लगानी बिदेशमा सम्मान भन्ने नारा बोकेर बलिया उम्मेदवारकारुमा मैदानमा होमिएका छन् ।
नेपालीका लागी नेपाली भन्ने मुल नारा बोकेर सन् २००३ मा स्थापना भएको संघले २० बर्ष पार गर्दा आर के शर्मा जस्तो मजदुर देखि मालिक बन्न सफल नेतृत्व पाउन सकेको छैन ।