एन्फाको साधारणसभा रोक्न अन्तरीम आदेश

0
711
काठमाडौं– पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको लागि तय भएको साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको छ।
एन्फाकै असन्तुष्ट उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर सदस्य पंकज नेम्बाङको उजुरीको आधारमा पुनरावेदनका न्यायाधिश मोहनबहादुर कार्कीको एकल एजलासले अन्तरिम आदेश जारी गरेको छ।निवेदकहरु एन्फाको निर्वाचित उपाध्यक्ष र सदस्य रहेको हुँदा सुविधा र सन्तुलनको दृष्टिकोमा भदौ १७ सम्मको लागि साधारण सभा नगर्न नगराउन पुनरावेदनले विपक्षीका नामा आदेश जारी गरेको छ। अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने वा नपर्ने सम्बन्धमा छलफल गर्न पुनरावेदनले एन्फाका दुवै पक्षलाई बुधबार छलफलका लागि डाकेको छ।

१४ औं साधारण सभाका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको थियो। त्यसै क्रममा मंगलबार एन्फा कार्यसमितिको बैठक समेत बसेको थियो ।