१९ दिनको बन्दले बिरगञ्जमा औषधि र पानीको हाहाकार,

0
968

अशोक तिवारी भाद्र १६ बिरगञ्ज
१९ दिन देखिको निरन्तरको बन्दले बिरगञ्ज स्थित उपक्षेत्रिय अस्पतालमा औषधि,खाद्यान्न र खानेपानीको चरम अभाब सुरु भएको छ । म्ांगलबार साँझ ५ बजेदेखि दंगाग्रस्त क्षेत्र घोषण गरे पश्चात बिरगञ्ज बजार सुनसा नबनेको छ । मंगलबार बेलुका देखी नै बिरगञ्जका बिभिन्न स्थानमा नेपाली सेनाले गस्ति गरे पश्चात तितर बितर भएका आन्दोलनकारीहरु आज भने ग्रामिण भेगमा केन्द्रित भएका छन् ।

photo 1
प्रशासनले जारी गरेको निषेधआज्ञाका बिच पनि ग्रामिण क्षेत्रमा आन्दोलन जारी रहेको छ । पर्सा जिल्लाका सम्झौता,पोखरिया,बुडगाई,अलौ,पतेरवा,सुगौली र म्युचुटा लगायतका गा बि स हरुमा आज पनि बिहानै देखि आन्दोलन जारी रहेको छ । आन्दोलनकारीहरुले सुगौली र म्युचुटा गाँऊमा रहेका प्रहरीलाई चौकीबाट निकाली आगजनी गरी मधेश सरकार लेखेको बोर्ड राखेका छन् ।

photo 4
गाँऊमा आन्दोलन तिब्र भए पछि जिल्ला प्रहर िकार्यालय पर्साले ग्रामिण भेगका अस्थायी प्रहरी युनिटहरुलाई इलाका प्रहरी कार्यालयमा गाभेको छ । त्यस्ता प्रहरी चौकीहरुलाई आनदोलनकारीले कब्जा गरेका छन् ।
पर्सामा जारी आन्दोलन उग्र बने पछि ५ जनाको ज्यान गएको घटनाको अध्यायन गर्न मानब अधिकार आयोगको टाली बिरगञ्ज पुगेको छ । टालीले बिरगञ्जको पछिल्लो अबस्थाका बिषयमा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी,प्रहरी लगायत राजनैतिक दलका नेताहरु संग छलफल सुरु गरेको छ ।
सोमबार र मंगलबार गरी ५ जनाको ज्यान गए पछि नारायणि उपक्षेत्रिय अस्पतालमा रहेका शव परिवारका सदस्यलाई बुझाउने प्रयास पनि गरिएको छ ।
यसै बिच पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.२ का प्रत्यक्ष निर्बाचित एमालेका सभासद् बिचारी यादवले पर्सामा प्रहरीले निर्दोश जनतामाथि गाली चलाएको भन्दै घटनाको छानबिन गरी दोशी प्रहरीलाई कार्बाहि गरी तत्काल कपर्mयु हटाउन माग गर्नु भएको छ । यादबद्धारा जारी प्रेस बिज्ञप्तीमा जनता मारेर समस्याको समाधान नहुने भन्दै जनताको बिरोध गर्न पाउने अधिकारको रक्षागर्न माग गरिएको छ ।
आन्दोलनकारीहरुले बिन्दबासिनी चोकमा रहेको नेपाली कँग्रेसका संस्थापक नेता आत्माराम ओझाको शालिक तोडफोड गरेका छन् ।

जारी आन्दोलनका कारण बिरगञ्ज क्षेत्रमा अलपत्रपरेका २०० सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरि राजधानि लगायत गन्तब्य तर्फ पठाएको छ । बिरगञ्जबाट प्रहरकिो स्कर्टिङमा छुटेको ना ४ ख ७९४८ नं.को तरकारी बोकेको गाडीलाई आन्दोलन कारीहरुले बाराको परवानीपुरमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् ।