आन्दोलनका कारण ५०० प्रहरीको बिजोग !

0
985

अशोक तिवारी भाद्र १६ बिरगञ्ज
मंगलबार १ जनको ज्यान जाने गरि भएको घटना पछि बाराको बिभिन्न स्थानमा घर भाडामा बस्दै आएका प्रहरीहरुलाई घर छाड्न चेतावनि दिए पश्चात २५० जना सुरक्षाकर्मी प्रहरी घर छाडी कार्यालय र्फकिएका छन् जस्को कारण जिल्लामा कार्यरत ५०० भन्दा बढि प्रहरी डेरा बिहिन भएका छन् भने घर भाडामा संचालित प्रहरी चौकीहरु समेत बिस्थापित भएको बाराका प्रहरी प्रवक्ता डि एस पी बिनोद शर्माले जानकारी दिनु भएको छ ।
आन्दोलनकारी उग्र भए पश्चात सेनाले गस्ति सुरु गरे सँगै सदरमुकाम कलैयामा पनि सन्नाटा छाएको छ । बारा प्रसाशनले जिल्लाको राजमार्ग क्षेत्रमा हरेका दिन साँझ ८ बजे देखि बिहान ७ बजे सम्मका लागि कर्फयु आदेश जारी गरेको छ भने १ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

photo 2