के सी को अनसन १३ औं दिन पनि जारी,स्वास्थ्य स्थिती नाजुक

0
904
COPYRIGHTED

भदौ १९ काठमाण्डौ बिगत १३ दिनदेखि आमरण अनशनमा रहनु भएका प्रा डा गोविन्द केसील्ऽे सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म अनशन जारी रहने अडान राख्नु भएको छ ।

COPYRIGHTED
COPYRIGHTED

स्वास्थ्य क्षेत्रमा देखिएका गंभिर प्रकृतिका समस्या तत्कालै समाधान नगरे नेपालीहरुको भबिष्य नै माफियाहरुको नियन्त्रणमा पर्ने भन्दै डा के सी पटक पटक आमरण अनसन बस्दै आउनु भएको छ । जारी छैटौ पटकको अनसनबाट सबै समस्याको समाधान गराउन सरकार तयार नभए आफु मर्न पनि तयार भएको डा के सी को भनाई रहेको छ । सरकारले बिगतमा आफुसँग गरेका सम्पुर्ण सम्झौता कार्यान्वयन नगरे सम्म यस पटकको आन्दोलन नराकीने भन्दै सुरु भएको आमरण अनसन १३ औं दिनमा प्रबेश गरेको छ ।

COPYRIGHTED
COPYRIGHTED

१३ दिन देखि पानी समेत नखाईकन अनसरमा बस्दा उहाँको स्वास्थ्यमा गम्भिर खतरा देखिन थालेका चिकित्सकले बताएका छन् । उहाँ साम्रो सँग बोल्न नसक्ने अबस्थामा पुग्नु भएकाले जुन सुकै समयमा भेन्टिलेटरमा राख्नु पर्ने भएकाले अनसनरत स्थानमै भेन्टिलेटरको ब्यस्था समेत गरिएको छ ।
उहाँको रक्त चाप निक्कै कममा झरेको छ । हाल ८४ बाई ६४ मा झरेको छ । जस्को कारण मुटुको चाल अनियन्त्रीत देखिएको छ जस्कोकारण फोक्सोमा असर पर्ने चिकित्सकले बताएका छन्

COPYRIGHTED
COPYRIGHTED