आन्दोलनको शान्तिपूर्ण समाधान खोज्न एमाओबादिको माग

0
504

भाद्र १७ काठमाण्डौ एकिकृत नेकपा माओबादिले देशका बिभिन्न भागमा भैरहेको आन्दोलनको बार्ता मार्फत समाधान खोज्न सरकार सँग माग गरेको छ । पार्टि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री शुशिल कोईराला सँग आन्दोलन कारीहरुलाई बार्तामा ल्याउन सरकारले ढिलाई गरेको भन्दै तत्काल पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । भेटमा अध्यक्ष दाहालले संबिधान निमार्णको प्रकृयाको बिषयमा समेत कुराकानी गर्नु भएको भेटमा सहभागी बरिष्ठ नेता भट्टराईले संचारकर्मीलाई जानकारी पदनु भएको छ । एमाओबादिको आग्रहमा प्रधानमन्त्री कोईरालाले आफुले पटक पटक गरेको आग्रहलाई आन्दोलनरत दलका नेताहरुले अस्विकार गरेको भन्दै बार्ताका लाग िआजै थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको भट्टराईले जानकारी गराउनु भएको थियो । भेटमा अन्य कुन कुन बिषयमा कुराकानी भयो भन्ने बारेमा खुलाईएको छैन ।