पर्सामा २ घण्टा कर्फयु हट्यो,समस्या समाधान गर्न सर्बपक्षिय छलफल सम्पन्न

0
1040

अशोक तिवारी भाद्र १७ बिरगञ्ज
सिमाङकनको बिरोधका कारण आन्दोलित बनेको बिरगञ्जमा ५ जनाको ज्यान गए पछिको अबस्था बुझ्न बिरगञ्ज पुगेको मानव अधिकार कर्मीहरुको टोलीले आज स्थानिय प्रशाशन,नागरीक समाजका अगुवा,राजनितीक दलका प्रतिनीधी र पत्रकारहरुको उपस्थितीमा छलफल गरेको छ ।photo 1

छलफल कार्यक्रममा सहभागीहरुले नेपाल प्रहरी र शसस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरेकाले आन्दोलनकारीको ज्यान गएको भन्दै दोशी प्रहरीलाई कार्वाहि गर्न माग गरेका छन् ।
आन्दोलनका क्रममा समाचार संकलन गर्ने क्रममा आधादर्जन पत्रकारलाई प्रहरलिे कुटपिट गरेका पाईएको पनि मानव अधिकारकर्मीहरुले बताएका छन् । प्रहरीको कुटाई खाने पत्रकारहरुमा नेहान खाँन,प्रणय शाह,दिनानाथ शाह,जगत राई, अमित शाह लगायतका रहेका छन् ।
छलफल कार्यक्रममा सहभागी पर्साका प्रमुख जिलला अधिकारी केशव प्रसाद अधिकारीले सामान्य अबस्थामा पनि प्रहरलिे अनाहकमा बल प्रयोग गरेको भए आफुले छानबिन गरि कार्वाही गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सद्भावना पार्टिका सह अध्यक्ष लक्ष्मणलाल कर्ण,तमलोपाका सभाद् रमेश पटेल, फोरम नेपालका सभासद् करिमा वेगम लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसै बिच निरन्तरको कर्फयुका कारण जनजिवनमा नराम्रो असर परे पश्चात प्रशाशन कार्यालयले साँझ ५ बजे दखि ७ बजे सम्मका लागि कर्फयु हटएको सहायक प्रमुख जिलला अधिकारी अनुज भण्डारीले जानकारी दिनु भयो ।
ओलीको पुत्ला दहन

जारी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले पर्साको बिन्दबासिनी गाबिसमा एमाले अध्यक्ष के पी ओली,गृहमन्त्री बामदेव गौतम,तथा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३ का प्रत्यक्ष निर्वाचित सभासद् राज कुमार गुप्ताको पुत्ला दहन गरेका छन् । एमाले बरिष्ठ नेता झलनाथ खनालले धोती शब्दको प्रयोग गरेको र अध्यक्ष ओलीले मधेश आन्दोलन सद्भाव भड्काउने कार्यमात्र भएको भन्ने अभिब्यक्तिको बिरोधमा पुत्ला दहन गरेको बताएका छन् ।

photo

बिरामी कुरवालाई निशुल्क खाना र पानी  बितरण
लगातारको बन्दले औषधि र खाने पानीको चरम अभाव भोगीरहेका बिरगञ्ज स्थित उप क्षेत्रिय अस्पतालका बिरामी कुरुवाहरुलाई स्थानिय समाज सेवीहरु तथा नागरिक समाजका अगुवाहरुले अस्पताल परिसर भित्रै खाना बनाएर आशाको त्यान्द्रो जगाएका छन् ।

photo 1 (4)