५ जना शहिदहरुको दाहसंस्कार संपन्न,कर्फयु आज पनि जारी

0
902

भदौ १९ बिरगञ्ज अशोक तिवारी । पाँच जनाको ज्यान जाने गरि बिरगञ्जमा भएको आनदोलनका मृतकहरुको आज अन्त्यष्ठि सम्पन्न भएको छ ।photo 1(1)

बिरगञ्ज स्थित नारायणी उपक्षेत्रिय अस्पतालबाट सुरु भएको र्याली बिरगञ्जका बिभिन्न स्थानको परिक्रमा गरि विन्दबासिनी स्थित तिलया पुलमा पुगी अन्त्यष्ठि गरिएको थियो ।

photo 1(2)

मृतकहरुलाई शहिद घोषण गरी क्षतिपूर्ति दिनु पर्ने माग स्थानिय प्रशासनले सम्बोधन गरे पश्चमत अन्त्यष्ठि गर्नका लागि स्थानिय प्रशासनले ३ घण्टा कर्फयु हटाएको थियो । photo 4(1)

photo 3

शव यात्रामा सद्भावना पार्टिका सह अध्यक्ष लक्ष्मणलाल कर्ण,सद्भावनाका केन्द्रिय सदस्य शिव पटेल र चन्द्र भुषण झा,संघिय समाजबादिका केन्द्रिय सदस्य राजेशमान सिं,सोही दलका जिल्ला अध्यक्ष प्रेम बहादुर पटेल,तमलोपाका सह अध्यक्ष जितेन्द्र सोनल,केन्द्रिय सदस्य रमेश पटेल,फोरम नेपालका केन्द्रिय सदस्य करिमा बेगम,सभासद् लालबाबु गजित तथा मधेश जनतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शशिकपुर मियाँको नेतृत्वमा हजारौको संख्यामा स्थानियहरु शवयात्रामा निस्किएका थिए । सोही अबसरमा स्थानियले नगवा प्रहरी चौकीमा आजगनी समेत गरेका छन्  ।

photo 4