साउदि अरेबियाका राजा र ओबामा बीच भेट बार्ता,यमनमा समाबेसी सरकारको आवश्यकतामा जोड

0
848

भाद्र १९  साउदी अरबको राजा सिंहासनमा बसेपछि पहिलो पटक अमेरिका पुगेका साउदी अरेबियाका राजा नरेश सलमानले यमनमा नयाँ सरकार गठनका लागी समावेशी सरकार हुनुपर्ने इच्छा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटपछि साउदी राजाले उक्त धारणा राखेको अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताए । उक्त भेटमा साउदी नरेशले समावेशी सरकारको आवश्यकता धारणा राखेपछि आपूmले पनि अमेरिकाको पनि सोही चाहना रहेको ओबामाले बताए।

आन्तरिक द्वन्द्व जारी रहेको यस गरीबीले आक्रान्त मुलुकमा समावेशी सरकार नै सङ्कट समाधानको एक उपाय हुनसक्ने राजाको धरणा रहेको थियो ।केही समय अघि इरानको आणविक सम्झौताको विषयलाई लिएर साउदी अरब र अमेरिकाबीच केही चिसोपन आएपनि साउदी राजाले अमेरिका भ्रमण गरेका हुन् ।

यसै बिच इरानको समर्थन रहेको यमनका सिया विद्रोही हुथी समूहविरुद्ध साउदी अरबले गत मार्च महिनाबाट सुरु गरेको हवाई आक्रमणलगायतको कारबाहीमा अमेरिकाको पनि समर्थन ओबामाले बताए ।

यमनमा जारी द्वन्द्वको कारण हजारौ नागरिकको ज्यान गएकामा ओबामा प्रशासनले चिन्ता व्यक्त गरेको रगेका थिए । यो बाहेक इस्लामिक स्टेटसँग युद्ध गरिरहेका सिरियाली विद्रोहीको लागि अमेरिकाको समर्थनमा वृद्धि होस भन्ने चाहना यमन र साउदी अरबले राखेको समेत बताइएको छ ।