मधेश आन्दोलन लोकतन्त्रमाथिको प्रहार ः नेपाली काँग्रेश

0
534
नेपाली काँग्रेश

काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसले देशका विभिन्न स्थानमा केही समयदेखि भइरहेका बन्द, हडताल, तोडफोड, आगजनी एवम् हिंसात्मक गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 नेपाली काँग्रेश
नेपाली काँग्रेश

पार्टी मुख्यसचिव ऋषिकेश तिवारीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा लोकतान्त्रिक आन्दोलनका नेता स्व गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड, नेपाली काँग्रेसलाई नै लक्षित गरी जिल्ला कार्यालय, नेता तथा सभासद्का घरमाथि आक्रमण गरिएका भन्दै घोर भत्र्सना गर्नुभएको छ ।

उहाँले लोकतान्त्रिक आन्दोलनका नेता स्व गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोडका घटनाले नेपाली काँग्रेसलगायत समस्त लोकतन्त्रका पक्षधरलाई अत्यन्त दुःखित र स्तब्ध तुल्याएको जनाउनुभएको छ ।

शान्तिपूर्णरुपमा आफ्ना माग राख्न प्रत्येक नेपालीलाई संविधानले नै अधिकार प्रदत्त गरेको बताउँदै उहाँले त्यसको वेवास्ता गर्दै उच्छृङ्खल, अवाच्छित र हिंसात्मक गतिविधि गर्न कसैलाई पनि छुट नभएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । साथै, काँग्रेसले वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आन्दोलनरत सबै पक्षलाई आह्वान पनि गरेको छ ।